Real estate ads rs.200 inquiry 9849143786

आप्रवासनलाई बढावा दिँदै क्यानडा, डिभी बन्द गर्दै अमेरिका

0   
आप्रवासनलाई बढावा दिँदै क्यानडा, डिभी बन्द गर्दै अमेरिका
12 Nov
10:18

ओटावा (क्यानडा) । क्यानडाले आप्रवासनलाई प्रोत्साहन दिन योजना बनाइरहेको छ । देशमा आप्रवासी सङ्ख्या आगामी ३ वर्षमा १० लाख पुर्‍याउन क्यानडा सरकारले नयाँ योजना बनाएको छ । आगामी वर्ष ३ लाख १० हजार पुग्ने आप्रवासी सङ्ख्या सन् २०१९ र २०२० मा क्रमशः ३ लाख ३० हजार र ३ लाख ४० हजारमा पुग्ने त्यहाँको आप्रवासन मन्त्री अहमद हुसेनले बताए ।

‘यो योजना इतिहासकै महत्त्वाकाङ्क्षी आप्रवासी योजना भएको र यसले क्यानडाको समृद्धि सुनिश्चित गर्नेछ,’ उनले भने । आप्रवासी सङ्ख्यामा हुने वृद्धिले त्यहाँको जनसङ्ख्या वार्षिक शून्य दशमलव ९ प्रतिशत बढाउनेछ । पछिल्लो जनगणनाअनुसार सन् २०१६ मा क्यानडाको कुल ७५ लाख ४० हजार ८ सय ३० जनसङ्ख्यामा आप्रवासीको सङ्ख्या २१ दशमलव ९ प्रतिशतको कीर्तिमानी स्तरनजिक पुगेको छ । बढ्दो वृद्ध जनसङ्ख्या एवम् जन्मदर खस्किरहेको अवस्थामा क्यानडाले आर्थिक वृद्धिलाई टेवा दिन आप्रवासन नीति खुकुलो बनाइरहेको छ ।

उता, अमेरिकामा भने राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेक वर्ष अमेरिकामा ५० हजार आप्रवासी भित्र्याउने उद्देश्यले सन् १९९० मा शुरू गरिएको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम नै खारेज गर्ने प्रस्ताव गरेका छन् । मङ्गलवार न्यूयोर्कमा भएको आतङ्कवादी आक्रमणपछि उक्त कार्यक्रम नै रद्द गर्ने प्रस्ताव गरिएको हो ।
यो कार्यक्रम बन्द गर्न सन् २००५ देखि नै विभिन्न प्रयास भएका छन् । म्यानहटनमा भएको आतङ्कवादी आक्रमणमा डिभीमार्फत अमेरिका आएका व्यक्तिको संलग्नता रहेको भेटिएपछि यो भिसा कार्यक्रम बन्द हुने निश्चितप्रायः छ ।

abhiyan

« »

Website designing. 9849143786, 4248763 www.atnepal.net

Property for sale in Nepal

Kathmandu Land For Sale
Area: 21 aana
Location: Godawari
Price: 24 lakhs
Land Sale Kavresthali
Area: 9.2 aana
Location: Kathmandu
Price: 13.50 lakhs