Real estate ads rs.200 inquiry 9849143786

घर बनाउँदा कस्तो सिमेन्ट प्रयोग गर्ने ?

0   
घर बनाउँदा कस्तो सिमेन्ट प्रयोग गर्ने ?
11 Nov
7:58

सानोतिनो आवास बनाउँदा होस् या ठूला परियोजना, सिमेन्ट अत्यावश्यक सामाग्री हो। नेपाल अहिले सिमेन्टमा आत्मर्निभर भैसकेको व्यवसायीहरु दावी गर्छन्।  दुई सरकारी र ४८ निजी स्तरका गरी ५० सिमेन्ट उद्योगहरु छन्।

यीमध्ये १४ वटाले नेपालमै क्लिङ्कर उत्पादन गर्छन् अन्यले विदेशबाट वा नेपालकै कम्पनीहरुसँग किन्ने गर्छन्। नेपालमा सिमेन्टको ग्रेड नछुट्इएकोले छिटफुट रुपमा भारतीय सिमेन्ट भित्रिरहेको सिमेन्ट एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बताए।

सिमेन्टको बारेमा सामान्य अध्ययन नगरी वा सजगता नअपनाई भौतिक संरचना निर्माण गर्दा संरचना नै कमजोर हुने र त्यसबाट जनधनको क्षति हुन सक्छ। थापाका अनुसार संरचना निर्माणको लागि ओपिसी, पिपिसी र पिएससी गरी तीन प्रकारका सिमेन्ट प्रयोग गरिन्छ।

सामान्यतया ओपिसी सिमेन्ट ढलानको लागि प्रयोग गरिन्छ। पिपिसी प्लास्टर गर्न र पिएससी फ्ल्लोरिङ अर्थात तलामा प्रयोग गरिन्छ। संरचना निर्माण गर्नुअघि सर्वप्रथम त सिमेन्ट बनेको मितिमा ध्यान दिइनुपर्ने नेपाल गुणस्तर तथा नापतौल विभागका सहायक सूचना अधिकारी देवेन्द्र केसी बताउँछन्।

सिमेन्ट बनेको मितिबाट ३ महिना सम्म प्रयोग गर्नु उपयुक्त हुने उनले बताए। सो अवधि नाघिसकेको हकमा पनि थप परीक्षण गरेर मात्रै प्रयोग गर्नुपर्नेमा उनले सुझाए।

सिमेन्टको मिति हेर्न अरु उत्पादन भन्दा अलिक फरक छ। यसमा हप्ताअनुसार मिति लेखिएको हुन्छ। यदी सिमेन्ट २०७४ साल वैशाख पहिलो हप्ता बनेको छ भने यसमा २०७४ र १ लेखिएको हुन्छ। त्यस्तै जेठको पहिलो हप्ता बनेको छ भने २०७४ र ५ लेखिएको हुन्छ। यसको अर्थ यो सिमेन्ट २०७४ सालको ५ औँ हप्तामा बनेको हो।

भौतिक संरचना बनाउनु अगाडि सिमेन्ट परीक्षण गर्दा धनजनको जोखिमबाट जोगिन सकिने केसीको सुझाव छ। सर्वसाधरणले समेत विभागमा गएर सिमेन्ट परीक्षण गराउन सक्ने उनले जानकारी दिए। परीक्षणको लागि सिमेन्टलाई १०–१० केजीको दुई वटा पोका बनाएर वा हावा–पानी नछिर्ने गरी बट्टामा हालेर विभागको नमुना शाखामा बुझाउनुपर्नेछ।

विभागमा बुझाएको २ वटा पोकामध्य एउटा ‘रिफ्रेन्स’को लागि र एउटा ‘स्याम्पलिङ’को लागि प्रयोग गरिने विभागले जनाएको छ।  सिमेन्टको सम्पुर्ण प्रकारको परीक्षणको लागि ४ हजार ५ सय रुपैयाँ खर्च लाग्ने केसीले जानकारी दिए। यस्तो परीक्षण सर्वसाधरणले नगन्य रुपमा मात्र गराउने गरेको विभागले जनाएको छ।

सिमेन्ट कम्पनीहरुले भने आफ्नो ल्याबमा चेकजाँच गराए पनि विभागमा समेत जाँच गराउने गरेका छन्। त्यस्तै बिक्रेताले सिमेन्ट कस्तो तरिकाले भण्डारण गरेको छ, त्यो पनि किन्नुअघि बुझ्नु पर्छ। ओसिलो ठाउँमा भण्डारण गरेको सिमेन्टमा डल्लो पर्ने समस्या आउन सक्छ। यस्तो सिमेन्ट प्रयोग गर्नाले संरचना कमसल हुन सक्ने विज्ञहरु बताउँछन्।

त्यसैगरी सिमेन्टको बोरा ठिक छ कि छैन त्यो हेर्नुपर्छ बोरा प्वाल परेको भए सिमेन्ट कम हुन पनि सक्छ। त्यसैगरी संरचना निर्माण गर्दा स्थलमा ल्याएको सिमेन्टलाई ओस नपर्ने ठाउँमा भण्डारण गर्नुपर्छ।

सिमेन्ट भण्डारण गर्दा भुइँमा काठको ल्याव अथवा चिसो रोक्ने साधन ओछ्याउनुपर्छ। त्यस्तै पानी पर्दा भण्डारण गरिएको कोठामा पानी पस्छ कि पस्दैन भनेर पनि चनाखो हुनुपर्छ। यदी पानी पसेमा सिमेन्टको गुणस्तरमा ह्रास आउनुका साथै प्रयोग गर्नै नमिल्ने केसीले बताए।

‘त्यस्तो सिमेन्ट प्रयोग गरेमा उप्किने वा संरचना नै कमजोर हुन्छ, यदी गुणस्तरमा शंका लागेमा सर्वसाधारणले विभागमै ल्याएर परीक्षण गर्न सक्छन्’ उनले भने।

हामीले यी सामान्य कुरामा ध्यान दिन सक्यौँ भने संरचना बलियो हुनको लागि मद्दत हुनुको साथै सिमेन्ट बिग्रिएर हुने फजुल खर्चलाई समेत न्युनीकरण गर्न सक्छौँ।

setopati

« »

E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

House Sale Kamalbinayak
Area: 3.2 aana
Location: Bhaktapur
Price: 80 lakhs
Land Sale Kavresthali
Area: 4 aana
Location: kavresthali
Price: 14.50 lakhs