Real estate ads rs.200 inquiry 9849143786

देशभर फरक फरक जग्गा मापन इकाईहरु हेर्नुहोस् कुन इकाईको जग्गा कति हुन्छ

1   
देशभर फरक फरक जग्गा मापन इकाईहरु हेर्नुहोस् कुन इकाईको जग्गा कति हुन्छ
12 Nov
3:39
के तपाइलाई थाहा छ, एक बिघा जमिन भनेको कति आना हो? अथवा एक रोपनीमा कति आना हुन्छ?
नेपालमा धेरै प्रकारका जग्गा मापनका इकाईहरु प्रचलित छन्। विशेषतः तराइतिर बिघा, कठ्ठा, धुरमा जग्गा नाप्ने गरिन्छ भने पहाडी क्षेत्रमा रोपनी, आना, पैसा आदी इकाईको सहयोग लिइन्छ।
राजधानीसहित शहरी क्षेत्रमा भने अहिले आना र हातलाई प्रमुख इकाइको रुपमा लिन थालिएको छ। देशको एउटा क्षेत्रमा बसोबास गर्नेले प्रयोग गर्ने जग्गा मापनको तरिका अर्को क्षेत्रमा बस्नेले नबुझ्न पनि सक्छ।
खासगरी जग्गा खरिदबिक्री गर्दा यस्ता विभिन्न इकाईहरुको बारेमा जानकारी नहुँदा समस्या पनि आइपर्ने गरेको व्यवसायीहरु बताउँछन्। यस्ता इकाईहरुको बारेमा पूर्ण जानकार रहेर मात्रै ग्राहकले किन्नुपर्ने उनीहरुको भनाई छ।
जग्गा मापनको इकाई त्यति वैज्ञानिक पनि छैन। सबै क्षेत्रको जग्गा एउटै विशेष इकाईमा नाप्ने र त्यही मापन प्रयोग गर्नुपर्नेमा सम्वद्ध अधिकारीहरुको भनाई छ।
जग्गाको मापन एउटै तरिकाले नहुनाले आफूहरुले काम गर्दा झन्झट बेहोर्नु परेको र जग्गा खरिद गर्नेलाई बुझाउन गाह्रो पर्ने गरेको ललितपुर इमाडोलका घरजग्गा व्यवसायी दिपक तिमल्सिना बताउँछन्। यदी सरकारले देशभरमा एउटै जग्गा मापन इकाइ बनाएमा सबैलाई निकै सहज हुने उनको भनाइ छ ।
नेपालको जग्गा मापन इकाइ अत्याधुनिक नभए पनि समयअनुसार विस्तारै परिर्वतन हुँदै गइरहेको नापी विभाग मिनभवनका सूचना अधिकृत अनिल मरासिनीले जानकारी दिए।
‘हाम्रो जग्गा मापन इकाई साच्चिकै झन्झटिलो छ, देशको एउटा भूगोलको मापन एकाइ अर्को भु–भागमा बसोबास गर्नेले बुझ्न गाह्रो छ, त्यसकारण हामीले जग्गा मापनलाई वैज्ञानिक बनाउन हेक्टर, बर्गमिटरजस्ता मापन प्रणली सुरु गरिसकेका छौँ’ उनले सेतोपाटीसँग भने।
जग्गाको कुन इकाईको वास्तविक मापन कति हुन्छ ?
एक बिघा २० कठ्ठा

६७७२ दशमलव ६३ मिटर स्क्वाएर

७२९०० स्क्वाएर फुट

१३ दशमलव ३१ रोपनी

एक कठ्ठा २० धुर

३३८ दशमलव ६३ मिटर स्क्वाएर

३६४५ स्क्वाएर फुट

एक धुर १६ दशमलव ९३ मिटर स्क्वाएर

१८२ दशमलव २५ स्क्वाएर फुट

एक रोपनी १६ आना

६४ पैसा

५०८ दशमलव ७२ मिटर स्क्वाएर

५४७६ स्क्वाएर फुट

२५६ दाम

४ माटोमुरी

एक खेतमुरी २५ रोपनी
एक आना ४ पैसा

३१ दशमलव ८० मिटर स्क्वाएर

३४२ दशमलव २५ स्क्वाएर फुट

१६ दाम

एक पैसा ४ दाम

७ दशमलव ९५ मिटर स्क्वाएर

८५ दशमलव ५६ स्क्वाएर फुट

एक दाम १ दशमलव ९९ मिटर स्क्वाएर

२१ दशमलव ३९ स्क्वाएर फुट

एक हात १ दशमलव ५ फुट

setopati

« »

Most popular news portals of Nepal || Mayong news || Advertising service in Nepal


Website designing service from kathmandu Nepal

1 Comments

    m88 com

    November 13, 2017 at 3:39 am

    Many of these shows are operating out of bigger cities like New York or Los Angeles,
    so you be able to travel for free when you get in the finals.
    It took about a few months to learn what along
    with the raucous, discordant (to my ears) “melody. Here you’ll be able to shop by theme or browse a complete variety of themes should you be sill unsure on which to base the party.


E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

House Sale Kamalbinayak
Area: 3.2 aana
Location: Bhaktapur
Price: 80 lakhs
Land Sale Sanepa
Area: 12 aana
Location: sanepa
Price: 40 lakhs