Real estate ads rs.200 inquiry 9849143786

ध्यान र योग : किन, कहिले र कसरी ?

0   
ध्यान र योग : किन, कहिले र कसरी ?
11 Jan
7:54

शान्तितुल्यं तपो नास्ति, न संतोषात्परं सुखम ।
न तेष्णयाः परो व्याधिर्न, च धर्मो दया पराः ।।

‘शान्तिजस्तै कुनै तप छैन, सन्तोषजस्तै कुनै सुख छैन, तृष्णाजस्तो कुनै रोग छैन र दयाभन्दा ठूलो केही धर्म छैन ।’

दुनियाँका समस्त मान्छेको एउटा मात्र कामना छ, त्यो हो शान्ति । शान्तिबिना जीवनको कुनै मूल्य पनि छैन । शान्तिले सोचसमझ र शक्ति वृद्धि गर्छ । प्रयास गर्ने तर सफल नहुनुको प्रमुख कारण यो हो कि शान्ति उसको भित्रै छ तर खोजिरहेको हुन्छ बाहिर ।

मानवजीवन धेरै नै जटिलता र जोखिमले भरिएको छ । यसको रहस्य वा सत्यलाई जसले बुझ्छ त्यो आनन्दित रहन्छ, जसले बुझ्दैन त्यसको जीवन अन्धकारले व्याप्त रहन्छ । प्राचीनकालदेखि जगत्का विभिन्न ठाउँमा महापुरुषहरूको पनि जन्म भइरहेकै हुन्छ । उहाँहरूको जीवनको उद्देश्य सामान्यजनमा नैतिकता र अध्यात्मिकताको पाठ सिकाउनु रहेको हुन्छ । यसै क्रममा ध्यान योगको पनि विकास भएको थियो र योगको जन्मदाता हुनुहुन्थ्यो भगवान् शिव ।

धेरै प्राचीनकालदेखि चलिआइरहेको योगासन पद्धति वर्तमानमा धेरै नै विख्यात र वैज्ञानिक भइसकेको छ । मुख्य रूपमा ८४ देखि १०८ प्रकारको योगासन विधि छन्, तर एउटा कुरा याद राख्नुपर्छ कि संख्याको बारेमा विवाद गर्न पर्दैन, किनकि विभिन्न योगाचार्यहरूको छुट्टाछुट्टै मत छन् । योगको आठवटा अङ्ग हो– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि ।

यसमा पहिलो चारवटाको सम्बन्ध भावशुद्धि, शरीरशुद्धि र व्यवस्थाशुद्धिसित छ । अन्तिम चारवटाको सम्बन्ध आत्मज्ञान, मुक्ति तथा सत्य प्राप्तिसित छ । यहाँ योगको प्रमुख तीनवटा अङ्ग– आसन (योगासन), प्राणायाम र ध्यानको बारेमा बताउन गइरहेछु ।

जीवनको दुईवटा उद्देश्य छ, पहिलो– सफलता प्राप्त गर्ने र दोस्रो– त्यसको आनन्द लिने । धेरै कम मान्छेले मात्र दोस्रो लक्ष्य प्राप्त गर्छ । किनकि, बढीभन्दा बढी मान्छे जीवनभरि तयारी नै गरिरहन्छ । समझ नभएको कारण मानिस कम समयमा धेरै लाभको कामना गर्छ । यसक्रममा आफ्नो जीवनलाई अस्तव्यस्त बनाइदिन्छ । त्यसपछि सम्बन्धमा सन्तुलन रहँदैन । जीवन यस्तो जटिल छ कि कुनै पनि कार्यलाई एउटा नियमअन्तर्गत गर्नुभएन भने यसको राम्रो परिणाम आउँदैन ।

अष्टाङ्ग योगको सबैभन्दा महत्वपूर्ण अङ्ग आसन, प्राणायाम र ध्यान हो । आसन भनेको योगासन हुन्छ । योगको अर्थ हुन्छ मानवरूपी जीवात्मालाई विश्वात्मामा मिल्नु । योगासनबाट शरीरलाई बलियो बनाउन सकिन्छ, प्राणायामबाट सेन्ट्रल नर्वस सिस्टमको कार्यक्षमता बढाउनेछ र ध्यान मस्तिष्क र मनलाई स्वस्थ बनाउँछ ।

दैनिक जीवनमा योग, प्राणायाम र ध्यान ग¥यो भने धैर्य, आत्मविश्वास र आध्यात्मिक बौद्धिकतामा वृद्धि हुन्छ । सांसारिक जगत्मा सुखशान्ति र सफलताका लागि यसबाहेक कुनै पनि उपाय छैन ।

१. आसन : आसनको मतलब हुन्छ योगासन । अर्थात्, बस्ने तरिका । यसमा लयबद्ध तरिकाले शरीरलाई देब्रे र दाहिना, अगाडि र पछाडि मोड्ने र सीधा गर्नुपर्छ । सामान्य अर्थमा यसलाई शारीरिक व्यायाम पनि भन्न सकिन्छ । दैनिक रूपमा योगासन गर्नाले सेन्ट्रल नर्वस सिस्टम सन्तुलित रहन्छ । शरीरको समस्त आन्तरिक कार्यप्रणाली सुचारु रूपमा चल्छ । यसका साथसाथै कार्यक्षमता, रोगमुक्ति तथा आत्मशक्तिमा वृद्धि गर्छ ।

जीवन असन्तुलित भएको कारणले हाम्रो खानपिन, सुताइ र आराम कुनै पनि कुरा ठीकसित हुँदैन । यसकारण हाम्रो शरीरमा लचिलोपन समाप्त भइहाल्छ । शरीरमा लचिलोपन नभएको कारणले शरीरको प्रमुख स्नायु प्रणालीमा रगत, हार्मोन र अक्सिजनको संचरण राम्रो तरिकाले हुँदैन । राम्रो तरिकाले योगासन गर्नाले शरीरका स्नायुहरू लचिला भई राम्रो तरिकाले काम गर्छ ।

२. प्राणायाम : यसलाई सामान्य अर्थमा ब्रिदिङ एक्सरसाइज (श्वास–प्रश्वासको क्रिया) भनिन्छ । यौगिक भाषामा श्वासप्रश्वासको गतिलाई सन्तुलित गर्ने पद्धतिलाई प्राणायाम भनिन्छ । प्राणायामले मानसिक क्षमतामा वृद्धि गर्छ, रगत संचरणलाई सुचारु गर्छ । यसबाहेक शरीरमा अक्सिजनको अतिरिक्त आपूर्ति गर्छ । जसले गर्दा समस्त ल्यान्डहरूले राम्रोसँग काम गर्छन् ।

३. ध्यान : यो एकप्रकारको मानसिक क्रिया हो । यसमा भाव, मन्त्र वा एकाग्रताको शक्तिबाट मनलाई विचारशून्य गरिन्छ । क्रियाबाट सुरु भई अक्रियाको स्थितिसम्मको यात्राको नाम हो ध्यान । सामान्य रूपमा प्रत्येक मानवको मनमा २४ घन्टामा साठी हजार विचार आउँछ । यसमा अधिकतम विचार नकारात्मक हुन्छ । जसले गर्दा मानसिक असन्तुलन, रोग–व्याधि, निराशा, तनाव, असन्तुष्टिको स्थिति सिर्जना हुन्छ । ध्यान गर्नाले मनमा सकारात्मक विचारहरूको प्रभाव हुन्छ । यसकारण आत्मविश्वास, धैर्य, आनन्द तथा समझमा वृद्धि हुन्छ । जुन अज्ञानताको कारणले हाम्रो सम्बन्धमा कलह भइरहन्छ वा दैनिक जीवनमा दुःखको सामना गर्न परिरहन्छ । यो सबै समस्याबाट मुक्तिका लागि ध्यान गर्न आवश्यक छ ।

सामान्य स्थितिमा हाम्रो मस्तिष्कले कस्मिक र दिव्य ऊर्जा ग्रहण सक्दैन । कुनै–कुनै बेला जब हामी गहिरो निद्रामा वा आनन्दमा हुन्छौँ त्यो बेला अलिकति दिव्य ऊर्जा प्राप्त हुन्छ । यो दिव्य ऊर्जा प्राप्त गर्नका लागि ध्यान धेरै लाभकारी उपाय हो । जब तपाईं ध्यान गर्न सुरु गर्नुहुन्छ त्यसबेला विचारहरू धेरै आउन सक्छन् । तर, यसको चिन्ता गर्नुपर्दैन । किनकि बिस्तारै–बिस्तारै विचार हराएर जान्छ ।

बाहिरी रूपमा योगासन जति सजिलो लाग्छ वास्तवमा त्यति सजिलो छैन, किनकि गलत र अनावश्यक तरिकाले योगासन ग¥यो भने यसको धेरै नराम्रो परिणाम हुन्छ । सयकडौँ स्त्री–पुरुषलाई मैले हेरेको छु, जसले गलत तरिकाबाट योगासन गरी धेरै नोक्सान उठाएका छन् । यो आलेख तयार गर्नुको उद्देश्य पनि यसबाट मुक्ति दिलाउनु नै हो ।

 

योगासनको अत्यावश्यक सिद्धान्त
१. जाडोमा ४० मिनेट, वर्षामा ३५ र गर्मीमा ३० मिनेटभन्दा बढि आसन गर्नुहुँदैन ।
२. योगासन प्रातःकाल खाली पेट भएको बेला गर्नुपर्छ । बेलुकी गर्ने हो भने खाना खाएको तीन–चार घन्टापछि मात्र गर्न सकिन्छ । योगासन गरेकोे २० मिनेटपछि खाना खान सकिन्छ ।
३. कुनै पनि मानिसलाई सबै आसन गर्नुपर्दैन । आवश्यकताअनुसार १० देखि १२ आसन दुईवटा प्राणायाम र एउटा ध्यान गरे पुग्छ ।
४. सबैभन्दा पहिला योगासन, त्यसपछि प्राणायाम र अन्तमा ध्यान गर्नुपर्छ ।
५. मासिक धर्म, जिउ दुखाइ तथा सामान्य रोग भएको बेलामा योगासन गर्न मिल्दैन ।
६. गर्भावस्थाको बेला विशेष रूपमा लेडी डाक्टर र योग्य योगाचार्यसित प्रशिक्षण लिएर मात्र गर्न सकिन्छ ।
७. कुनै पनि प्रकारको ठूलो अप्रेसनपछि ६ महिनापछि मात्र योगासन गर्न सकिन्छ ।
८. शरीरमा खुकुलो लुगा लगाएर खुला वातावरण र एकान्तमा योगासन गर्न राम्रो हुन्छ ।
९. हतार–हतारमा र बढी शक्ति लगाएर तथा प्रथम दिनदेखि नै धेरै क्रिया गर्न हुँदैन ।
१०. टेलिभिजन हेरेर, किताबको लेख पढेर तथा नयाँ प्रशिक्षकबाट योगासन सिक्न हुँदैन ।

योगाचार्यहरूका लागि अति आवश्यक निर्देशन :
१. अज्ञानता र अहंकारवश कुनै गलत सुझाब दिन हुँदैन ।
२. सबै व्यक्तिको रहन–सहन, शारीरिक बनावट र समस्या छुट्टै हुन्छ । यसकारण सबै आसन सबजनाले गर्न सक्दैन ।
३. कुनै–कुनै आसनको नाम बेग्लै हुन सक्छ । यसकारण नामको कारण पनि विवाद गर्नु हुँदैन ।
५. उमेर, समस्या र आवश्यकताअनुसार मात्र योगासन सिकाउनुपर्छ ।
६. योगासनको मात्राको अवश्य ख्याल राख्नुपर्छ । भन्दाखेरि कुन आसन कतिपटक गर्नुपर्छ यसको जानकारी दिनुपर्छ ।
७. समूहमा गराउँदाखेरि योग्य प्रशिक्षकको टोली राख्नुपर्छ ।

ghatanarabichar

« »

Website designing. 9849143786, 4248763 www.atnepal.net

Property for sale in Nepal

Kathmandu Land For Sale
Area: 21 aana
Location: Godawari
Price: 24 lakhs
Land Sale Kavresthali
Area: 9.2 aana
Location: Kathmandu
Price: 13.50 lakhs