Real estate ads rs.200 inquiry 9849143786

पहाडमा भूकम्प प्रतिरोधी घर कसरी बनाउने ?

0   
पहाडमा भूकम्प प्रतिरोधी घर कसरी बनाउने ?
07 Oct
5:38

२०७२ वैसाख १२ को विनाशकारी भूकम्पले नेपालको पहाडी भागका लाखौं घरहरूको क्षति गरायो । यसको मुख्य दुई कारणहरू थिए । पहिलो, कमजोर निर्माण सामग्रीको प्रयोग र दोस्रो, हामीले बनाएका घरहरूमा भएका संरचनागत त्रुटिहरू । हाम्रा पहाडी ग्रामीण भूभागहरूमा ढुंगा र माटो नै भवनका लागि आधारभूत निर्माण सामग्रीहरू हुन् । ढुंगा आफैंमा कमजोर सामग्री नभए पनि यो माटोको जोडाइमा कमजोर हुने गर्छ । हाम्रा घरहरूमा यस्तो जोडाइलाई एकढिक्का गरी गारो कसेर राख्ने संरचनात्मक सिस्टम भएन । हाम्रा घरहरू भत्किए । यी भत्किएका घरहरूको पुनर्निर्माण कार्य सुरु भइसकेको छैन । अब यस्ता घरहरूको पुनर्निर्माण कसरी गर्ने भन्ने कुरा अझै अन्योलकै विषय देखिन्छ । यो कुरालाई ध्यान नदिई घर बनाउँदा फेरि पनि हाम्रा नयाँ घरहरू कमजोर नै बन्न सक्छ ।

नेपालको पहाडी ग्रामीण भागमा ढुंगा र माटोको जोडाइबाट घर बनाउने प्रविधि परम्परागत ग्रामीण प्रविधि हो । अब यी ठाउँहरूमा बन्ने घरहरू ढुंगा र माटोको जोडाइबाटै यही प्रविधिमा नै बन्ने हुन् । किनभने पहिले त्यस ठाउँहरूमा यिनै निर्माण सामग्रीहरू उपलब्ध थिए र अहिले पनि यिनै निर्माण सामग्रीहरू उपलब्ध छन् र बाहिरबाट सामग्री लगेर लाखांै घरहरू निर्माण गर्ने सम्भावना देखिँदैन । किनभने ती ठाउँहरूमा आधुनिक निर्माण सामग्री सिमेन्ट कंक्रिट र रडहरू प्रयोग गरी घरहरू बनाउन सामग्रीको खर्च बढी लाग्छ र त्योभन्दा पनि ढुवानी खर्च धेरै लाग्ने गर्छ । जहाँ जे स्थानीय सामग्री उपलब्ध हुन्छ, त्यही सामग्री प्रयोग गरेर घर बनाउने हाम्रो परम्परा थियो । अब पनि ती ठाउँहरूमा योभन्दा अरू विकल्प देखिँदैन । तथापि केही सामान्य कुराहरूमा मात्र ध्यान दिन सकिएको खण्डमा यी ठाउँहरूमा अब बन्ने घरहरूको भूकम्प प्रतिरोध गर्ने क्षमता बढी हुनसक्छ र यस्ता विपत्ति न्युनीकरण हुनसक्छ ।

घर बनाउने जमिन कस्तो हुनुपर्छ ?
हाम्रा पहाडी भागहरूमा घर बनाउने जमिनहरू भिराला हुने गर्छ । भिरालो जमिनमा जस्तो जग्गा उस्तैगरी जग उठाई घर बनाउन उपयुक्त हुँदैन । सकेसम्म सम्म ठाउँमा घर बनाउनुपर्छ । भिरालो जमिनको विकल्प छैन भने भिरालो ठाउँहरूलाई सम्म बनाएर मात्र घर बनाउने ठाउँको तयारी गर्नुपर्छ । यसरी तयारी गरिएको जमिनमा पनि कुन ठाउँमा घर बनाउँदा उपयुक्त हुन्छ भन्ने कुरा ख्याल राख्नु जरुरी हुन्छ । काटिएको जमिनमा टाँसेर घरको गारो बनाउन उपयुक्त हुँदैन । त्यस्तै गराको डिल र गराको कुनामा पनि घर बनाउनु हुँदैन । गराको कुनादेखि करिब ३ मिटर परबाट मात्र घरको गारो सुरु गर्न उपयुक्त हुन्छ । यसो गरिएन भने गरामाथिको डिल पहिरो गई घरलाई क्षति पुर्यािउन सक्छ । भूकम्पको दृष्टिकोणले मात्र नभई वर्षायाममा पहिरोको जोखिमको हिसाबले पनि यसरी घर बनाउन उपयुक्त हुँदैन । भिरालो जमिनमा कुन ठाउँमा घर बनाउन उपयुक्त हुन्छ भन्ने कुरा चित्रमा देखाइएको छ ।

घरको आकार कस्तो हुनुपर्छ ?
नेपालको पहाडी भागमा बन्ने अधिकांश घरहरू चारकुने आयात आकारको हुने गर्छ । घरको आकारले पनि भूकम्प प्रतिरोधी क्षमतामा असर गर्छ । वर्गाकार घरहरूको भूकम्प प्रतिरोधी क्षमता बढी हुन्छ । तर यस्ता घरहरू पहाडी भूभागमा बनेको पाइँदैन र व्यावहारिक पनि हुँदैन । सकेसम्म घरको लम्बाइ र चौडाइको फरक धेरै नहुनेगरी घर निर्माण गर्नु राम्रो हुन्छ । लाम्चो आकारको घरको भूकम्प प्रतिरोधी क्षमता कम हुन्छ । अंग्रेजी अक्षरको एल आकारको घरको भूकम्प प्रतिरोधी क्षमता सबभन्दा कम हुने भएकोले यस्तो घर निर्माण गर्नु हुँदैन । यस्तो घर बनाउनैपरेमा दुईवटा आयात आकारको छुट्टाछुट्टै घर बनाउनु उपयुक्त हुन्छ । यदि घरको लम्बाइ चौडाइभन्दा धेरै नै लामो बनाउनुपरेमा लम्बाइतिरको बीचमा क्रस गारो राख्नुपर्छ ।

गारोको मोटाइ र उचाइ कति हुनुपर्छ ?
घरको भूकम्प प्रतिरोधी क्षमता गारोको मोटाइमा पनि भर पर्छ । घरको गारोको जति बढी मोटाइ हुन्छ, त्यतिकै हिसाबले भूकम्प प्रतिरोधी क्षमता पनि बढ्छ । सामान्यतया नेपालको पहाडी भागहरूमा ढुंगा(माटोको जोडाइमा बनेका घरहरूको गारोको मोटाइ करिब ४५ सेन्टिमिटर हुने गर्छ । प्रचलित निर्माण नियमअनुसार सामान्यतया गारोको उचाइ मोटाइभन्दा आठ गुणाभन्दा बढी हुनुहुँदैन । यस हिसाबले घरको जम्मा उचाइ भुइँदेखि छानाको तल्लो सतहसम्म ३ मिटर ६० सेन्टिमिटरभन्दा कम हुन उपयुक्त हुन्छ । यो उचाइमा स्लोप छाना राख्ने हो भने एकतले घर ९भुइँ र पहिलो तला० बन्न सक्छ । अग्लो घर बनाउन भूकम्पको हिसाबले जोखिमयुक्त हुन्छ । योभन्दा बढी उचाइको घर बनाउनपरेमा गारोको मोटाइ बढाउन जरुरी हुन्छ ।

घरको संरचना कस्तो हुनुपर्छ ?
नेपालको पहाडी भागहरूमा ढुंगा-माटोको जोडाइमा बनेका घरहरूको संरचनामा भूकम्प प्रतिरोध गर्ने क्षमता नभएको भन्ने त २०७२ सालको भूकम्पको क्षतिले प्रस्टै गरेको छ । हाम्रो संरचनामा गारो कस्ने सिस्टमको कमी छ भन्ने यसबाट प्रस्ट हुन्छ । हाम्रा घरहरूमा कसुवा बिम ९रिङ बिम० को कमी देखिन्छ । कसुवा बिमलाई घरको सुरक्षा पेटी ९सेफटी बेल्ट० भन्दा उपयुक्त हुन्छ । यो नै घरलाई भूकम्पबाट जोगाउने मुख्य संरचना हो । तसर्थ अब बन्ने घरहरूमा कसुवा बिम अनिवार्य रूपमा राख्न जरुरी छ । घरमा जति धेरै संख्यामा कसुवा बिम राख्न सकियो उति बलियो हुन्छ । यस्ता कसुवा बिमहरू झ्याल तथा ढोकाको माथि, झ्यालको मुनि र तलाको लेबलमा राख्न सकिन्छ । कमसेकम झ्याल तथा ढोकाको माथि एउटा कसुवा बिम अनिवार्य राख्नुपर्छ । यो कसुवा बिमले घरको गारोलाई बाँधेर राख्ने गर्छ । गारो बाँध्ने संरचना नै नभएपछि गारो खुकुलो भई भत्कनु सामान्य कुरा नै हो । यसरी लिन्टेल लेबलमा कसुवा बिम राख्न सकिएन भने लिन्टेल बिम राम्रोसँग गारोमा गाड्नुपर्छ । लिन्टेल बिम राखिसकेपछि कमसेकम झ्याल तथा ढोकाको दायाँ(बायाँ ५० सेन्टिमिटरसम्म गारोमा गाड्नु जरुरी हुन्छ ।

यसको साटो लिन्टेललाई नै कसुवा बिमको रूपमा राख्दा घरको भूकम्प प्रतिरोध गर्ने क्षमता धेरै बढ्छ । सम्भव भएसम्म कसुवा बिम आरसीसी ढलानको बनाउन उपयुक्त हुन्छ । यो छानाको नजिक छ भने छानासँग पनि राम्रोसँग जोडिएको हुनुपर्छ । घरहरूमा राखिने झ्याल ढोकाहरूको साइज र झ्याल ढोकाहरू राख्ने ठाउँले पनि घरको भूकम्प प्रतिरोध गर्ने क्षमतामा धेरै असर गर्छ । गारोको छेउबाट कमसेकम १ मिटर परबाट मात्र झ्याल-ढोकाहरू राख्नुपर्छ साथै यो दूरी भुइँदेखि तलाको लेबल दूरीको तीन भागको एक भागभन्दा कम पनि हुनुहुँदैन । एक झ्याल वा ढोकाको छेउदेखि अर्को झ्याल वा ढोकाको छेउको दूरी पनि यसैअनुसार हुनुपर्छ । झ्याल(ढोकाहरूको चौडाइ १ मिटरभन्दा बढी बनाउन उपयुक्त हुँदैन । जति ठूला झ्याल(ढोका उति नै कमजोर घर हुन जान्छ । सारांशमा, भिरालो जमिनलाई सम्म गरा बनाएर घर बनाउँदा काटिएको जमिनमा टाँसेर घर बनाउन हुँदैन । त्यस्तै गराको डिल र गराको कुनामा पनि घर बनाउनु हुँदैन । अंग्रेजी अक्षरको एल आकार र धेरै लामो आकारको घर बनाउनु हुँदैन । गारोको मोटाइ गारोको उचाइको आठ भागको एक भागभन्दा बढी हुनुपर्छ । घर बनाउँदा कसुवा बिमको व्यवस्था अनिवार्य हुनैपर्छ । यसले सुरक्षा पेटीको काम गर्छ र यो छानाको नजिक छ भने छानासँग पनि राम्रोसँग जोडिएको हुनुपर्छ ।

झ्याल-ढोकाहरूको चौडाइ १ मिटरभन्दा कम हुनुपर्छ भने यिनीहरूको दूरी जति बढी भयो, उति राम्रो हुन्छ । यसरी सामान्य कुराहरूमा मात्र ध्यान पुर्यािउँदा पनि हाम्रा पहाडी भागहरूमा अब बन्ने घरहरूको भूकम्प प्रतिरोध गर्ने क्षमता धेरै नै बढ्न सक्छ । र सुरक्षित तथा बलिया घरहरूको निर्माण हुनसक्छ ।

malpotkhabar

« »

Website designing. 9849143786, 4248763 www.atnepal.net

Property for sale in Nepal

Kathmandu Land For Sale
Area: 21 aana
Location: Godawari
Price: 24 lakhs
Land Sale Kavresthali
Area: 9.2 aana
Location: Kathmandu
Price: 13.50 lakhs