Real estate ads rs.200 inquiry 9849143786

बलियो घर बनाउन कस्तो जग्गा छान्ने ?

0   

काठमाडौं । आफ्नो घर बलियो र सुरक्षित होस् भन्ने चाहना सबैको हुन्छ । सामान्यतया जीवनमा एकपटक बनाइने घर कमजोर र जोखीमपूर्ण भयो भने निर्माण लागत त डुब्छ नै, त्यस्तो घरमा बस्न पनि डर हुने गर्छ ।

घर कस्तो बनाउने भन्ने कुरा धेरै हदसम्म जग्गामा निर्भर रहन्छ । जग्गाको प्रकृति तथा अवस्थितिले घरको डिजाइनमा निकै ठूलो प्रभाव पार्छ । साथै, जग्गाले घर बलियो बनाउन ठूलो भूमिका निर्वाह गर्छ । जग्गाको प्रकृतिकै कारण धेरै जनाले आफूले सोचेको डिजाइनमा घर बनाउन नपाएका उदाहरण धेरै छन् ।

त्यसैले यदि तपाईं पनि घर बनाउने योजनामा हुनुहुन्छ भने त्यसका लागि जग्गा कत्तिको मिलेको छ वा आफूले सोचेको डिजाइनमा ढाल्न उपयुक्त हुने/नहुने कुराप्रति सचेत रहनुपर्ने आर्किटेक्ट तथा सिभिल इञ्जिनीयरहरूको सुझाव छ । घर सुरक्षित तथा सबै कोणबाट मिलेको हुनुपर्छ । मिलेको जग्गा भएमा उत्कृष्ट डिजाइनमा घर तयार पार्न सकिने मात्र होइन, त्यसले परिवारमा सुख तथा शान्ति कायम राख्न पनि मद्दत पुर्‍याउँछ ।

कस्तो डिजाइनको घर बनाउन कस्तो वा कति जग्गा चाहिन्छ भन्ने कुरा आर्किटेक्टलाई थाहा हुन्छ । जग्गा तथा खाली ठाउँ व्यवस्थापनको पाटो पूर्णरूपमा आर्किटेक्टको हो । तर जग्गा खरीद गर्दा आर्किटेक्टको राय लिने चलन हामीकहाँ अत्यन्त न्यून छ । जग्गाको छनोट उपयुक्त नभएमा बलियो घर बनाइए पनि भूकम्पको सानो धक्काले समेत घर जगैदेखि ढल्न सक्ने इञ्जिनीयरहरू बताउँछन् । कालो र हलुका माटो मात्रै भएको जग्गामा ठूला घर बनाउन उपयुक्त नहुने सुझाव उनीहरूको छ ।

जग्गा किन्नुअघि ध्यान दिनुपर्ने पक्ष

  • घर बनाउन सामान्यतया कम्तीमा पनि साढे २ आना जग्गा आवश्यक पर्छ । खोलाबाट २० मिटर तथा विद्युत् प्रसारण लाइनभन्दा सकेसम्म टाढा भएको जग्गामा मात्र घर बनाउनुपर्छ ।
  • वास्तुको दृष्टिकोणबाट सामान्यतया उत्तर वा पूर्व फर्किएको जग्गा राम्रो मानिने भए पनि काठमाडौंको सन्दर्भमा दक्षिण वा पूर्व फर्किएको जग्गा उपयुक्त हुन्छ ।
  • जग्गाको मोहोडा न्यूनतम १८ फीटको हुनुपर्छ । मोहोडा ठूलो भएमा धेरै प्रकारका डिजाइनमा घर निर्माण गर्न सकिन्छ । तर, ठूलो मोहोडा हुँदा एउटा घाटा पनि हुन सक्छ । ठूलो मोहोडा भएको जग्गा बाटोमा जान सक्छ ।
  • जग्गालाई छुने बाटो कम्तीमा १३ फीटको हुनुपर्छ । त्यस्तै, जग्गा सकेसम्म बाटोको समान सतहमा हुनुपर्छ । बाटोको भन्दा जग्गाको सतह कम भएमा त्यसले घरको लागत बढाउँछ ।
  • सकेसम्म चारपाटे आकारको जग्गा भएमा पूर्णरूपमा घरका लागि सदुपयोग हुन्छ । त्रिकोणात्मक आकारको जग्गा हुँदा पुरै सदुपयोग गर्न सकिँदैन र भनेअनुसारको डिजाइनमा तयार गर्न पनि सकिँदैन ।
  • ढलको सुविधा भएको वा भविष्यमा ढल निकासा हुने जग्गा किन्ने गर्नुपर्छ ।
  • घर बनाउन ग्राभेलयुक्त माटो राम्रो हुन्छ । धेरै कालो भएको माटोले जग्गाको पानी सञ्चित गरेर राख्ने भएकाले जाडो वा गर्मी मौसममा त्यस्तो जग्गामा बनेको संरचनामा प्रतिकूल असर पर्न सक्छ ।
  • भिरालो ठाउँको जग्गाको माटो स्थिर नहुने हुँदा त्यसले घरको भार नथाम्न सक्छ । यस्ता जग्गामा पहिरोको जोखीमसमेत हुन्छ । साथै, घर बनाउँदा लागत बढाउँछ ।
  • साधारण दुई तलासम्मको घर बनाउन माटो परीक्षण गर्नु अत्यावश्यक नभए पनि जग्गामा दह, चिरा परेको वा अन्य कुनै असामान्य अवस्था भएमा भने प्राविधिकलाई देखाउनुपर्छ ।

अपनाउनुपर्ने सावधानी

  • सबैभन्दा पहिला नक्सामा कित्ता नम्बर मिलाउनुपर्छ । तपाईंलाई देखाएको जग्गा र कित्ता नम्बर एकै हो कि होइन भनेर पक्का हुनुपर्छ ।
  • जग्गा किन्नहोस् या बेच्नहोस्, एजेण्टको सम्पर्कमा नआई किनबेच गर्न सक्ने वातावरण अहिलेसम्म सृजना भएको छैन । कसैले मानिस चिनेको भरमा किनबेच गराए पनि उनीहरू पनि एजेण्टकै रूपमा काम गरिरहेका हुन्छन् । एजेण्टहरूले घरजग्गा किन्ने र बेच्ने दुवै पक्षबाट थोरै थोरै कमिशन लिन्छन् । उनीहरूले लिने कमिशन कानून दायराभित्र पनि पर्दैन । त्यसैले, उनीहरू मौका मिल्यो भने जो कसैलाई कुनै पनि बेला फसाउन सक्छन् । जो सबैभन्दा बढी एजेण्टको मात्र विश्वास गर्छ, उसैलाई फसाएका उदाहरण धेरै छन् ।
  • नापीनक्सा, कित्ताकाट, नम्बरी, प्रति कस्तो जग्गा हो, सिम, चहार, गुठी, रैकर, मोहि लागेको हो कि, अदालती कारबाही चलिरहेको छ कि भन्ने विषयमा निश्चित हुनुहोस् । जग्गा कुन हो, कित्ता नम्बर कति हो, गुठीको हो कि, मोहियानी छ कि, धितो बन्धक छ कि, अदालतमा मुद्दा परेको छ कि आदि सबै कुरा मालपोत कार्यालयबाट थाहा पाउन सकिन्छ । त्यति मात्र नभएर त्यो जग्गाको मूल्य कति हो, वरपर कति रुपैयाँमा कारोबार भएको छ, चलनचल्ती र सरकारी मूल्याङ्कन कति छ भन्ने जस्ता जानकारी पनि मालपोत कार्यालयबाट लिन सकिन्छ ।
  • abhiyan.com.np
« »

E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

५ शटर भएको घर बिक्रीमा
Area: 6 dhur
Location: बिर्तामोड
Price: 12,500,000
Land Sale Katunje
Area: -
Location: Bhaktapur
Price: 1675