Real estate ads rs.200 inquiry 9849143786

बालुवा, सिमेन्ट र गिट्टीबिना ३ महिनामै घर ! कति लाग्छ खर्च ?

0   
बालुवा, सिमेन्ट र गिट्टीबिना ३ महिनामै घर ! कति लाग्छ खर्च ?
11 Nov
8:02

बालुवा, गिट्टी, इट्टा तथा सिमेन्ट घर निर्माण गर्दा अपरीहार्यजस्तै भइसकेका छन्। ति सामाग्री कतै थुपारिएको देख्दा सोच्ने गर्छौँ कि घर निर्माण हुँदैछ। तर विकासक्रमले त्यसमा परिवर्तन ल्याएको छ।

यी कुनै पनि सामाग्री आँगनमा छरपस्ट नपारी अर्थात प्रयोग नगरिकन पनि घर निर्माण गर्न सकिन्छ, त्यो पनि छोटो समयभित्रै।  पछिल्लो समय पूर्वाधार निर्माणमा चमात्कारिक फड्को मारिरहेको चीनमा निकै प्रचलित प्रिकास्ट प्रविधिबाट घर निर्माण हुने गरेको छ।

जसको प्रयोगबाट परम्परागत सामाग्रीको आवश्यकता पर्दैन, समय पनि बचत हुन्छ। नेपालमा पनि प्रिकास्ट प्रविधिबाट संरचनाहरु निर्माण भइरहेका छन्। सम्बद्ध निर्माण व्यवसायीका अनुसार सामान्यतः आवासीय घर तीन महिनाभित्र तयार भई सक्छन्।

कसरी निर्माण हुन्छ घर ?
नयाँ प्रविधिबाट निर्माण कार्य गरिरहेको गोर्खा प्रिकास्ट टेक्नोलोजीका अध्यक्ष कृष्णभक्त दुवालका अनुसार आधारभुत परम्परागत प्रविधि (आरसीसी) अनुसार नै जग निर्माण हुन्छ।

तर जगभन्दा माथिको भागमा भने नयाँ प्रविधि प्रयोग हुन्छ। सिमेन्ट र कंक्रिटको पिल्लरको ठाउँमा फलाम राखिन्छ। पर्खालमा लगाउने इट्टाको रुपमा प्रिफ्याव प्रयोग गरिन्छ भने ढलानको ठाउँमा प्रिकास्ट ढलान स्ल्याब राखिन्छ।

विकासित देश तथा विकासोन्मुख देशमा निकै प्रचालनमा भएपनि नेपालमा सचेतनाको अभावमा यसको विस्तार हुन नसकोको दुवालको भनाइ छ।

‘सुरक्षा, समय र लागतको हिसाबले यो प्रविधि उपयुक्त भए पनि आम मानिसमा घर भनेको इट्टा, सिमेन्ट, बालुवा र गिट्टीको योग हो भन्ने बुझाई धेरैमा रहेको छ’ दुवालले भने।

यसरी फलामको पिल्लर राखिसकेपछि त्यसमा इट्टाको प्रयोग उपयुक्त नहुने भएकाले प्रिफ्याबको सिफारिस गर्ने गरेको दुवालको भनाइ छ।

फलाम र प्यानलको साइज र जोड मिल्ने भएकोले भूकम्प जाँदा पनि यस्तो संरचना सुरक्षित रहन्छ। तर इट्टाको प्रयोग गरेमा फलामसँग सन्तुलन मिलाउन गाह्रो हुने उनले बताए।

यस्तो संरचनाबाट घर बनाउँदा घर नै उठाउँदा पनि भत्काउन पर्दैन। प्यानल, पिल्लर, भ्mयाल ढोका फूकालेर ओसारपसार गर्न सकिने र कुनै नोक्सान नपर्ने उनले बताए।

कति लाग्छ लागत ?
प्रिकास्ट प्रविधिबाट निर्माण गर्दा सानाभन्दा पनि ठूला भवनलाई लागतमा धेरै बचत हुने दुवालले जानकारी दिए। ‘साना आवसीय भवन बनाउँदा लागतमा खासै फरक नपरे पनि व्यवसायिक ठूला भवन बनाउँदा सस्तो पर्न जान्छ’ उनले भने।

सामन्यतया आवासीय घर बनाउँदा एक तलामा प्रति वर्गफुट दुई हजार रुपैयाँको लागत पर्न आउँछ। यदी कसैले एक हजार वर्गमिटरको साढे दुई तले घर(साढे दुई तलामा कूल २५ सय वर्गफिट हुन अाउछ) बनाउन चाहेमा जग्गाबाहेक ५० लाख रुपैयाँमा घर निर्माण हुने दुवालले बताए।

यस्तो घर ३ महिनाभित्र तयार हुन्छ। घरको आकार ठूलो बनाउँदा पनि निर्माण सम्पन्न हुने अवधिमा त्यति फरक नपर्ने उनले बताए।परम्पगरागत प्रविधिबाट साढे दुई तलाको घर बनाउँदा नियमित काम हुँदा पनि कम्तिमा सात महिना लाग्ने गर्छ।

दुवालका अनुसार प्रिकास्ट प्रविधिमा घरको आकार र साइज जति ठूलो भयो त्यति लागतको दर कम हुँदै जान्छ। तर यो प्रविधि घना तथा भित्री सहरी बस्ती भएको ठाउँमा भने असम्भव देखिन्छ।

किनभने ढलान स्ल्याब क्रेनले बोकेर लिनुपर्ने भएकोले क्रेन जान र संचालन हुन सक्ने ठाउँमा मात्र सम्भव हुन्छ।

setopati

« »

E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

House Sale Kamalbinayak
Area: 3.2 aana
Location: Bhaktapur
Price: 80 lakhs
Land Sale KMC
Area: -
Location: Bhaktapur
Price: 1350